विदेशबाट ८० हजार १६ नेपाली स्वदेश फर्किए

काठमाडौं । विदेशमा अप्ठ्यारोमा परेकाको उद्धार कार्य जारी छ । हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी ) का अनुसार शनिबारसम्म ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागरिक मुलुक फर्केका हुन । मुलुक फर्कनेमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २३ हजार २३७ छन् भने सबभन्दा कम श्रीलङ्काबाट पाँच जना रहेका छन् ।

केन्द्रका अनुसार हालसम्म साउदी अरेबियाबाट १२ हजार ३८१, मलेशियाबाट ११ हजार ६५१, कतारबाट ११ हजार १५०, कुवेतबाट आठ हजार ४७८, जापानबाट एक हजार ७५४, दक्षिण कोरियाबाट एक हजार ४४७, ओमनबाट एक हजार ३२५ फर्केका हुन् ।

त्यस्तैगरि, बहराइनबाट एक हजार २७४, अष्ट्रेलियाबाट एक हजार ९१, टर्कीबाट ९३६, बङ्गलादेशबाट ८८८, माल्दिभ्सबाट ८५३, सिङ्गापुरबाट ५५५, अमेरिकाबाट ४३०, चीनबाट ३३३ र जोर्डनबाट ३१७ नेपाली स्वदेश फर्केका हुन् ।


प्रकाशित | १२ आश्विन २०७७, सोमबार १३:०७