गुल्मीमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएन, १ सय ६० बढी बिरामी

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका ४ को दजाकोटमा फैलिएको झाडापखला अझै नियन्त्रणमा आउँन सकेको छैन । झाडापखालाबाट बिरामी हुनेहरुको संख्या १ सय ६० पुगेको छ । मुसिकोटमा उपचारमा संलग्न मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डीबी जीसीका अनुसार बिरामीहरुमध्ये पाँच जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भैरहेकोमा शनिवार दुई जनालाई डिस्चार्ज गरिएको छ । थप एक जनालाई भरतपुर मेडिकल कलेज चितवनमा उपचार भैरहेको छ । अन्य बिरामीहरुको भने दजाकोटमै सञ्चालित अस्थाई शिविरमा उपचार गराइरहेको बताउनुभयो ।

सोमवारदेखि महामारीको जस्तै रुप लिएर फैलिएको झाडा पखलाको बिमार दुषित पानीकै कारण फैलिएको एक संस्थाले पुष्टि गरेको छ । मुसिकोट नगरपालिका –४ मा पर्ने दजाकोटका वासिन्दा ८५ घरधुरीले नुरखोला लालङदी मुहानको पानी अस्थाई रुपमा पाई बिच्छाएर तीन बर्ष अघिदेखि पिउँदै आएका थिए ।


प्रकाशित | १४ बैशाख २०७६, शनिबार २०:१३