सचेत हुुनैपर्ने भयो नक्कली नोटदेखि

ललितपुर । सुनको मूल्य बढेर एक लाख हाराहारी भएका बेला दुई जना ग्राहकले पाँच तोलाका गहना ‘अर्डर’ गरेपछि ललितपुर, ताल्छीखेल‚िथत जयमाँ दुर्गा जेम्स एन्ड ज्वेलरी पसलका सञ्चालक डम्बर रिजाल ‘बल्ल व्यापार भयो’ भन्दै ढुक्क हुुनुभयो ।

गत १ गते बिहीबार दिउँसो गहनाको मूल्य पाँच लाख दुई हजार बोकेर पसलमा पुगेका ती दुई अपरिचित ग्राहक पाँच लाखका छुट्टाछुट्टै बिटो रिजालको अगाडि सो गर्दै सुन झोलामा राख्छन् । सुनको बिल बनाउँदै गर्दा दुवै जना ‘अर्जेन्ट’ फोन आयो भन्दै फुत्त भाग्छन् ।

उक्त नगदको बिटो खोल्दा अगाडिको भागमा मात्र एक हजारको सक्कली, बाँकी सबै नक्कली नोट देखेपछि भने रिजाल बल्ल आफू ठगिएको चाल पाउँछन् । पक्राउ पर्नेमा काठमाडौँ टेकु लगनका २८ वर्षीय इक्युज तुलाधर, ज्याठा ठमेलका २८ वर्षीय अजय महर्जन र शान्तिनगर खरीबोटका सुन व्यापारी नवराज रिजाल छन् । पसलमा छोडेको पाँच लाख दुई हजार रुपियाँ नगदमध्ये हजार दरका पाँचवटा नोट सक्कली र बाँकी नक्कली रहेको पाइएको छ ।

प्रहरी वृत्त सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्मा सुन पसल सञ्चालक रिजाल व्यापारको प्रलोभनमा मक्ख परी तत्कालै नगदको बिटो हेर्नुको सट्टा बिल बनाउनतिर लाग्दा अभियुक्तहरू भाग्न सफल भएको बताउनुहुन्छ ।

भक्तपुरस्थित सल्लाघारीस्थित कोठामा रङ्गीन (कलर) प्रिन्ट मेसिन राखी अभियुक्त तुलाधर र महर्जनले नक्कली नोट बनाउने गरेको जानकारी शर्माले दिनुभयो । बिटोको अगाडि पछाडि भागमा सक्कली र बीचमा सबै नक्कल नोट राख्ने गरेको पाइएको छ ।

साउन १७ गते नयाँ बानेश्वर शान्तिनगरस्थित सुविधा ‚टेसनरी पसलका सञ्चालक ‚याङ्जा चापाकोटका ३८ वर्षीय नारायण पौडेल पनि एक हजार दरको १० थान नक्कली नोटसहित पक्राउ परेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख श्यामलाल ज्ञवाली नक्कली नोटको सम‚या बारम्बार देखिने गरेको बताउनुहुन्छ । नेपाल राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्ट सक्कली नोटमा विभिन्न किसिमका ‘सेक्युरिटी फिचर’ समावेश हुने गरेको बताउनुहुन्छ । आजको गोरखापत्र दैनीकमा प्रकाशित समाचार ।


प्रकाशित | १२ आश्विन २०७७, सोमबार ०९:११