यातायातमन्त्री दाहालद्धारा विचौलियालाई कार्यालयभित्र प्रवेश गर्न नदिन निर्देशन

काठमाडौं– वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले बिचौलियालाई कार्यालयभित्र प्रवेश नदिन निर्देशन दिनुभएको छ। शुक्रबार यातायात व्यवस्था कार्यालय गुर्जुधाराको अनुगमन गर्दै उहाँले कर्मचारीले नै बिचौलियालाई कार्यालय प्रवेशमा रोक लगाए जनताको सास्ती हट्ने समेत बताउनु भयो ।

छिटो काम गर्नका लागि सर्वसाधारणहरुले बाध्य भएर बिचौलियाको साहारा लिने गरेको भन्दै कार्यालयमा ढिलासुस्ती हटाउन निर्देशन दिनुभयो । उहाँले कार्यालयको व्यवस्थापनका साथै सुधारका लागि छिटै काम सुरु गर्ने स्पष्ट पार्नुभयो ।

कागजी प्रणालीले गर्दा आएको समस्याको छिट्टै समाधान गरिने र यसका लागि अनलाइन प्रणालीको विकास गरिने उहाँको भनाई छ ।


प्रकाशित | १४ माघ २०७८, शुक्रबार १६:१३