एनआरएनए एनसिसी निर्वाचन अपडेट : २९ एनसिसीले पायो नयाँ नेतृत्व (सूचीसहित )

किरण बुढाथोकी /काठमाडौं

गैर आवासीय नेपाली संघ (एनआरएनए ) को नवौ विश्व सम्मेलन नजीकिदैं गर्दा अहिलेसम्म २९ वटा राष्ट्रिय समन्वय परिषद (एनसिसी ) ले नयाँ नेतृत्व पाएका छन् ।

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी ) को नवौ विश्व सम्मेलन आगामी अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ । विश्वभरी गैर आवासीय नेपाली संघका ८० देशमा सञ्जाल गठन भए पनि धेरैजसो एनसिसी भने निस्कृय रहेको पाइएको छ ।

अघिल्लो अधिवेशनमा विश्वको सबैभन्दा ठूलो एनसिसी रहेको अमेरिकाले यो पटक सबैभन्दा पहिला अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरिसकेको छ । एनआरएनए अमेरिकामा सुनिल साह अध्यक्षमा निर्वाचीत हुनुभएको छ ।

त्यस्तै, अमेरिकापछि नेतृत्व चयन गर्नेमा ओसेनीया क्षेत्रमा पर्ने अस्ट्रेलिया परेको छ । अस्ट्रेलियामा केशव कँडेल अध्यक्षमा निर्वाचीत हुनुभएको छ ।

यस पटक सबैभन्दा बढी सदस्य रहेको एनआरएनए यूकेमा आगामी १४ सेप्टेम्बरमा निर्वाचन हुँदैछ । यूकेमा सदस्य संख्या १३ हजार ६ सय २९ पुगेको छ ।

यस पटक यूके पछि एनआरएनए अस्ट्रेलिया सवैभन्दा धेरै सदस्य रहेको एनसिसी बन्न पुगेको छ । एनआरएन अस्ट्रेलियामा सदस्य सख्या ११ हजार ६ सय १७ छ । अघिल्लो पटक पहिलो बनेको अमेरिका भने यस पटक तेस्रो बनेको छ । कुनै समय १७ हजार सदस्य पुगेको अमेरिकामा अहिले एनआरएन सदस्य सँख्या ९ हजार २ सय १८ मात्र छ ।

विश्व सन्देश अनलाइनले तयार पारेको अहिलेसम्मको अपडेटअनुसार नयाँ नेतृत्व चयन गर्ने एनसिसी र र अध्यक्षको विवरण यस प्रकार छ:-

यूरोप

१. अष्ट्रिया : विनोद चौलागाई

२. बेल्जियम : चित्र सुवेदी

३. फान्स : नरेन्द्र शाही (ठकुरी )

४. रुस:   शिब मणि भुर्त्याल

५. स्वीजरल्यान्ड : शिव कुमार लिम्बु

६. लक्जम्वर्ग : हरि खत्री

७. स्वीडेन : दिनेश कुमार श्रेष्ठ

८. आयरल्यान्ड : मिलन छन्त्याल

९. पोर्चुगल : तिलक गैरे

१०. डेनमार्क :  रवीन्द्र खडका

११. नर्वे : नयन मल्ल

१२. फिनल्याण्ड : श्रवण खनाल

१३. चेक रिपब्लीक:  डा. चिरञ्जीवी खडका

१४ माल्टा : राजु अर्याल (बाबू )

मध्य पूर्व

१५. ओमन : सेवन्त पुर्जा पुन

१६. बहराइन:  लक्ष्मी गिरी

१७. कुवेत : सुजन केसी

१८ . युएई : प्रकास कोइराला

१९ कतार : मोहम्मद मुक्तदा

अफ्रिका

२०. नाइजेरिया:  रोशन थापा
२१.. युगान्डा : विनोद थापा

अमेरिकाज्

२२. क्यानडा : चिरञ्जीवी घिमिरे

२३. अमेरिका : सुनील साह

एसिया प्यासिफिक

२४. हङकङ : टिका गुरुङ (राधिका )
२५. चीन : प्रदिप न्यौपाने
२६. थाइल्यान्ड : आसाजीत अवाले
२७. मलेसिया :  हरि भट्टराई

ओसेनीया

२८. अस्ट्रेलिया:  केशव कँडेल
२९. न्यूजील्याण्ड:  लाल बहादुर केसी


प्रकाशित | १७ भाद्र २०७६, मंगलवार १८:०३