प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल नेतृत्वको नेकपा स्थायी कमिटीको बैठक आज बस्दै छ ।
अध्यक्ष प्रचण्डको भने आजको बैठकमा सहभागीता रहने छैन ।
सोमबारको बैठकमा सांगठनिक लगायतका विषयलाई अन्तिम रुप दिन गठन हुने कार्यदल सदस्यहरुको बारेमा छलफल हुने बताइएको छ । आइतबारको बैठकमा अध्यक्ष माधव कुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गर्ने प्रस्ताव पेस भएको थियो । सो कार्यदलले बढीमा पाँच दिनभित्र प्रस्ताव तयार पार्ने बताइएको छ ।
आइतबार बसेको बसेको स्थायी कमिटीको बैठकले सांगठनिक विषय, नेताहरुको कार्यविभाजन लगायतका विषय टुंगो लगाउन कार्यदल बनाउन प्रस्ताव गरिएको थियो ।


प्रकाशित | २० पुष २०७७, सोमबार १२:२६