नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पेरिसडाँडामा सुरू भएको छ । तत्कालिन माओवादी पार्टीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा सचिवालय बैठक सुरू भएको हो ।

Surya Thapa को फोटो।

बैठक संघीय र प्रदेशका मन्त्रिपरिषद् पुनगर्ठन, सरकारका कामकारवाही, पार्टी एकताका बाँकी कामलगायतका विषयमा केन्द्रित हुनेछ । बैठकमा दुवै अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड ) सहभागि हुनुहुन्छ ।


प्रकाशित | ४ आश्विन २०७७, आईतवार १२:४८