प्रवासी नेपाली एकता मञ्चले भन्यो- संसदमा आपराधिक अभिव्यक्ति दिने वैद्यलाई कारवाही गरियोस्

लन्डन । बागमती प्रदेश सभामा आपत्तिजनक अभिव्यक्ति दिने प्रदेश सांसद नरोत्तम वैद्यलाई कारवाही गर्न प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय कमिटीले माग गरेको छ । मञ्चले वैद्यको अभिव्यक्ति घोर आपराधिक, हत्या–हिंस्रक, असंसदीय, अराजनीतिक र आपत्तिजनक रहेकाले तत्काल कारवाही गर्न माग गरेको हो ।

प्रवासी नेपाली एकता मञ्च, अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङले एक बिज्ञप्ति जारी गर्दै संसद जस्तो गरिमामय स्थलबाट राष्ट्रिय एकता, भुअखण्डता र सामुदायीक सद्भावलाई आँच पु¥याउने गरी आपराधीक, असंसदीय, अमर्यादित र षडयन्त्रमुलक अभिव्यक्ति दिने व्यक्तिलाई अविलम्ब कारवाही गर्न माग गर्नु भएको छ ।

मितिः १२ जून २०२१

प्रेस विज्ञप्ति

“संसदमा आपराधिक अभिव्यक्ति दिने नरोत्तम वैद्यलाई कारवाही गरियोस्”

बाग्मती प्रदेशसभामा प्रदेशसभा सदस्य नरोत्तम वैद्यले हिजो ११ जून २०२१ का दिन प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा नेपालका सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीप्रति लक्ष्यित गरी “कोही नाथुराम गोडेसे आवश्यकता प¥यो अब, कोही नाथुराम गोड्से बन्न तयार छैन भने म आपैm बन्ने कि?” भनी प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहने भनी दिएको अभिव्यक्ति घोर आपराधिक, हत्या–हिंस्रक, असंसदीय, अराजनीतिक र आपत्तिजनक छ ।

जसरी स्वतन्त्र भारतका राष्ट्रपिता, अहिंशावादी स्वतन्त्रता संग्रामका प्रणेता महात्मा गांधीले हिन्दु, मुसलमान, जैन, इसाई सबै धार्मिक सम्प्रदायका मानीसहरुलाई विशाल नवभारतमा एकिकृत बनाई आधुनिक भारतको निर्माण गर्ने महाअभियान चलाएका थिए, तर महात्म गांधीको उक्त कदमलाई हिन्दु तथा मुस्लिम अतिवादी घोरचरमपंथी अलगाववादी तत्वहरुले मन पराएका थिएनन् र नाथुराम गोडेसेद्वारा ३० जनवरी १९४८ मा महात्म गांधीको हत्या गरे; भारतमा महात्मा गांधीको जस्तै नेपालको हिमाल, पहाड, तराई–मधेश, पुर्व–पश्चिम, विविध जातजाती–भाषाभाषी, विविध धार्मिक–साँस्कृतिक तथा राजनीतिक सम्प्रदायका नेपालीहरुलाई एकजूट बनाई “समृद्ध नेपाल, सुखी नेपाली” बनाउने महाअभियानमा रहेका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको यो नवनेपाल निर्माणको महाअभियान ती चरमपन्थी–अलगावबादी तथा तथाकथित बामपन्थी नामधारी घोर–दक्षिणपन्थी प्रतिक्रियावादी तत्वहरुलाई पटक्कै मन परेको छैन र अध्यारो कोठाभित्र घण्टौं बसी बिदेशीको इशारामा षडयन्त्रका अनेक तानाबाना बुन्छन् र संसद जस्तो गरिमामय स्थलोबाट समेत ती षडयन्त्रका अभिव्यक्तिहरु प्रकट गराउँछन् ।

हामी नेपालको राष्ट्रिय स्वतन्त्रता, भूअखण्डता, साम्प्रदायीक तथा सामुदायिक सद्भाव र सुसंगठित राष्ट्रिय एकता चाहने देशविदेशमा छरिएर बसेका तमाम देशभक्त नेपालीहरुले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय सम्प्रभुता र राष्ट्रिय एकतामाथी खलल पु¥याउने ती प्रतिक्रियावादी तत्वहरुको घिनलाग्दो षडयन्त्रहरुहरुलाई घोर निन्दा, भ्रत्र्सना र बिरोध गर्दछौं; संसद जस्तो गरिमामय स्थलोबाट राष्ट्रिय एकता, भुअखण्डता र सामुदायीक सद्भावलाई आँच पु¥याउने गरी आपराधीक, असंसदीय, अमर्यादित र षडयन्त्रमुलक अभिव्यक्ति दिने व्यक्तिलाई अविलम्ब कारवाही गरियोस् भनी जोडदार माग गर्दछौं; र देशबिदेशमा रहेका तमाम देशभक्त नेपालीहरुलाई ती प्रतिक्रियाबादी तत्वहरुको षडयन्त्रलाई चकनाचुर पार्दै “समृद्ध नेपाल, सुखी नेपाली” को आधुनिक नेपाल निर्माणको राष्ट्रिय अभियानमा गोलबन्द हुन हार्दिक अनुरोध गर्दछौ ।

हार्दिक अभिवादन सहित ।
भक्त गुरुङ
अध्यक्ष
प्रवासी नेपाली एकता मञ्च, अन्तर्राष्ट्रिय कमिटी


प्रकाशित | २९ जेष्ठ २०७८, शनिबार १७:५६