काठमाडौं– नेपालमा थप दुई नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण फेला परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५ वटा नमूना परीक्षण गरिएकामध्ये ९७ प्रतिशतमा नयाँ प्रकारका दुई वटा भेरियन्ट फेला परेको हो। हाल पत्ता लागेका नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनले देखाएको छ।
भारतमा भेटिएका ‘डबल’ र ‘ट्रिपल म्युटेन्ट’ कोरोना भाइरसको प्रकार नेपालमा फेला परेको हो। भारतमा यी नामले चिनिएका यी भाइरसलाई भेरियन्ट B.1.617.2 र B.1.617.1 नामाकरण गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘थप भेटिएका दुई नयाँसहित नेपालमा तीन किसिमका नयाँ भेरियन्ट पुष्टि भएको उहाँले बताउनुभयो । ‘३५ वटा नमूनामा ९७ प्रतिशतमा B.1.617.2 र तीन प्रतिशतमा B.1.617.1 भेरियन्ट पुष्टि भएको छ। ‘

प्रकाशित | ४ जेष्ठ २०७८, मंगलवार २१:३१