कोरोना संक्रमण : भ्रममा नपरौं, वास्तविकता बुझौं

डा  टेली महत

–    कोरोना कुहिनोल जस्ता औषधिले निको पार्छ

वास्तविकता: कुहिनोल जस्तै: हाइड्रोक्लोरोकुइन, क्लोरोकुइनले मलेरिया एसएलई तथा आर्थराइटिस जस्ता रोगको लागि काम गर्छ। कोरोनाको सन्दर्भमा हाइड्रोक्लोरोकुइन, क्लोरोकुइन अहिले पनि अध्ययनमै छ।  हालको अवस्थामा यी औषधिले न कोरोना संक्रमणबाट हुने मृत्युदर घटाएको छ न त  कोरोना निको  पारेको  पुष्टि नै भएको छ। 

–    व्यायामका बेला मास्क लगाउनुपर्छ 

वास्तविकता: व्यायामका बेला पसिनाले मास्क भिजाउँछ र अन्य किटाणु उत्पन्न हुने गर्छ। त्यही भएर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले व्यायाम गर्दा मास्क नलगाउनु ठिक हुने बताएको छ। व्यायामका बेला मास्क लगाउँदा आरामले श्वास फेर्न फेर्न गाह्रो हुन्छ। कोरोना रोकथामको उपाय भनेको अरुभन्दा एक मिटरको दूरी कायम गर्नु नै हो।

–    कोरोनामा एन्टिबायोटिक्स प्रयोग

वास्तविकता: सबैलाई थाहा भएकै कुरा हो, कोरोना ब्याक्टेरिया नभएर भाइरल रोग हो। यो एउटा  आरएनए भाइरस हो। यो भाइरस कोरोना परिवार अन्तर्गत पर्छ। एन्टिबायोटिक्सले भाइरसमा काम गर्दैन। कुनैकुनै रोग कोभिड जस्तै हावाबाटै संक्रमण हुने हुँदा एन्टिबायोटिक्स दिने गरिन्छ। अहिलेको लागि कुनै पनि औषधि लाइसेन्सयुक्त प्रमाणित भइसकेको छैन र कुनै पनि लक्षण आशंका भएमा चिकित्सकसँग जँचाउनुपर्छ।

– मास्क लगाउँदा अक्सिजन घट्छ

वास्तविकता: लामो समयसम्म मास्क लगाउँदा गाह्रो भएको जस्तो अनुभूति हुनु स्वभाविक नै हो। तर यो बानी नभएर भएको हो। मास्क लगाएर अक्स्सिजन घट्ने या कार्बनडाइअक्साइड बढ्ने हुँदैन। एउटा डक्टरले ९ देखि १० वटा मास्क लगाएर पल्स अक्सिमिटरले अक्स्सिजन लेबल जाँच गर्दा केही फरक नभएको प्रमाणित गरेका छन्। मेडिसिनमा पहिलेदेखि नै चिकित्सकले अप्रेसनमा कैयौं घण्टासम्म मास्क लगाएरै बस्थे र कहिले पनि अक्सिजनको कमी भएर बिहोस भएको पाइएको छैन। आफूले मास्क लगाउँदा उचित ढंगले लगाउने र पसिनाले भिजिसकेको र फोहर भइसकेको मास्क फेर्ने गर्नुपर्छ। 

–    कोरोना संक्रमण हुनेबित्तिकै मृत्यु हुन्छ

वास्तविकता: जति पनि कोरोना संक्रमित छन्, तीमध्ये बढी प्रतिशत निको भएका छन् र थोरैभन्दा थोरै प्रतिशत मात्र मृत्यु भएको छ। विश्वभरमा आउने धेरै केसमा माइल्ड अथवा मोड्रट लक्षण देखिएको छ। यस्तो बेला सपोर्टिभ थेरापीले गर्दा रिकभर हुनेको संख्या बढ्छ। ज्वरो आउनेबित्तिकै आत्तिनु हुँदैन। तर ज्वरोसँगै खोकी लाग्यो र श्वासप्रश्वासमा समस्या भयो भने स्वास्थ्य जाँच गराउनुपर्छ। स्रोत- स्वास्थ्य खवर


प्रकाशित | २९ भाद्र २०७७, सोमबार १०:४७