एनआरएनए कोरियाको पञ्जीकृत सदस्य सख्या २ हजार ८ सय ६९

कोरिया : गैर आवासीय नेपाली संघ (एनआरएनए ) कोरियाको पञ्जीृकत सदस्य संख्या २ हजार ८ सय ६९ पुगेको छ । यही सेक्टेम्बर २१ र २२ तारिखमा हुन गइरहेको संघको सातौ अधिवेशनको लागि अन्तिम पञ्जीकृत सदस्य संख्या २ हजार ८ सय ६९ कामय भएको एनआरएनए कोरिया अध्यक्ष लक्ष्मी गुरुङले जानकारी गराउनुभयो । अध्यक्ष लक्ष्मी गुरुङले कोरियाकै इतिहासमै सबैभन्दा बढी सदस्य यस पटक वितरण भएको भन्दै सदस्य लिनुहुने सबैलाई धन्यवाद ज्ञापन समेत गर्नुभएको छ ।


प्रकाशित | १७ भाद्र २०७६, मंगलवार २२:३३