एनआरएनए अमेरिकाको संशोधित विधान कार्यान्वयनमा, उपाध्यक्षहरुलाई जिम्मेवारी बाँडफाँड

न्यूर्योक – गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकामा उपाध्यक्षहरुलाई जिम्मेवारी प्रदान गरिएको छ । एनसिसी अध्यक्ष सुनील साहले सबै उपाध्यक्षलाई जिम्मेवारी बाँडफाँड गर्नुभएको हो । अध्यक्ष साहका अनुसार हालै सम्पन्न संघको नवौं साधारण सभामा पारित विधानमा टेकेर उपाध्यक्षहरुलाई जिम्मेवारी प्रदान गरिएको हो ।

विभिन्न एनआरएनए एनसिसीमा उपाध्यक्षहरुलाई जिम्मेवारी नहुँदा निस्किृय हुनु परेको गुनासो आइरहेको अवस्थामा अमेरिकामा उपाध्यक्षलाई जिम्मेवारी प्रदान गरिएसँगै संस्थालाई अझ मजबुत र बलियो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

अध्यक्ष साहका अनुसार अघिल्लो बिधानले उपाध्यक्षहरुलाई क्षेत्रीय भूभागको आधारमा कार्य क्षेत्रको अधिकार प्रदान गरेकोमा नवौं साधारण सभाबाट पारित संशोधित विधानले भने उपाध्यक्षहरुलाई विभागीय जिम्मेवारी दिने गरि प्रस्ताव पारित गरेको थियो ।

अहिलेको बिधानले एक जना महिला उपाध्यक्ष अनिवार्य हुनुपर्ने ब्यवस्था गरेपनि वर्तमान कार्य समितिमा कोहि पनि महिला उपाध्यक्ष नभएकोले महिला उपाध्यक्षलाई हाललाई कुनै जिम्मेवारी नदिएको पनि अध्यक्ष साहले बताउनुभयो ।

एनआरएनएको आइसिसीमा पनि भिजन २०२० एन्ड वियोण्डको अवधारण अनुसार पाँच उपाध्यक्षमा एक महिला उपाध्यक्ष अनीवार्य गरिएको छ भने उपाध्यक्षहरुलाई विभागीय जिम्मेवारी प्रदान गरिएको छ ।

कसलाई कुन जिम्मेवारी ?

Screen Shot 2020-09-08 at 10.00.03 PM.png
Screen Shot 2020-09-08 at 10.00.14 PM.png

प्रकाशित | २५ भाद्र २०७७, बिहीबार १७:४२