मध्यपुर थिमिको वडा नं. ३ मा कांग्रेसका आचार्य विजयी

भक्तपुर : मध्यपुर थिमी नगरपालिकाको वडा नं. ३ को वडाध्यक्षमा कृष्णहरि आचार्य विजयी हुनु भएको छ । भर्खरै सम्पन्न मतपरिणामअनुसार आचार्य विजयी हुनु भएको हो ।

कुल ३ हजार ५६८ मत खसेको यस वडामा आचार्यले २ हजार २५२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका होमनाथ ढुंगेलले ८५० मत प्राप्त गर्नुभयो ।

यस्तै वडा सदस्यहरुमा कांग्रेसका गणेशराम कुटु १६३१, महिला सदस्यमा कांग्रेसकी विनु केसी १७५६, दलित महिला सदस्यमा कांग्रेसकी निर्मला परियार १३५१ मत सहित निर्वाचित हुनुभयो भने एक सदस्यमा नेकपा एमालेका रविन्द्रनाथ न्यौपाने ११३३ मतले निर्वाचित हुनुभयो ।

यसअघि कांग्रेसले १ र २ वडामा पनि विजय हासिल गरिसकेको छ । मध्यपुर थिमि–१ को वडाअध्यक्षमा काँग्रेसका बाबुकाजी डंगोल र २ वडामा श्रीकृष्ण श्रेष्ठ विजयी हुनु भइसकेको छ ।

यस्तो छ वडा नं. ३ को मतपरिणाम


प्रकाशित | १ जेष्ठ २०७९, आईतवार १९:१३