नि:शूल्क लोकसेवा तयारी कक्षा संचालन गर्दै सूर्यविनायक नगरपालिका, इच्छुकलाई आवेदन दिन आग्रह

भक्तपुर : सूर्यविनायक नगरपालिकाले निःशूल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले एक सूचना जारी गर्नुहुँदै निःशुल्क लोकसेवा तयारी कक्षा संचालन हुने जानकारी गराउनु भएको हो ।

नगरपालिकाद्धारा जारी सूचनाअनुसार नगरपालिकाभित्र स्थायी रुपमा बसोबास गर्ने लोकसेवा तयारी कक्षामा सहभागि हुन चाहने इच्छुक युवा युवतीलाई सहभागिताको लागि आग्रह गरिएको छ ।

लोकसेवा तयारी कक्षामा सहभागि हुनका लागि १८ वर्ष उमेर पूरा भएको ३४ वर्ष ननाघेको, १२ कक्षा उर्तीण गरेको शैक्षिक प्रमाणपत्र पेश गरेको हुनुपर्ने र वडा कार्यालयको सिफारिस पेश गरि निवेदन लिन सकिने जनाइएको छ ।


प्रकाशित | २४ पुष २०८०, मंगलवार २०:४३