काठमाडौं – गायक विक्रम सुनारको उपचारार्थ हङकङबाट सप्तरंगी महिला दिदी बहिनीहरुले १ लाख बढी सहयोग गर्नुभएको छ । आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या झेलीरहनु भएको विक्रमलाई हङकङबाट सप्तरंगी महिला दिदी बहिनीहरुको १ लाख ४ हजार २५० रुपैयाँ सहयोग उपलब्ध भएको हो ।

विक्रम दुई वर्षदेखि शरिरको भाग नचल्ने समस्याले पीडित हुनुहुन्छ । अहिले विक्रमले विभिन्न दाताहरुको सहयोगमा उपलब्ध रकमबाट उपचार गराइरहनु भएको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङ महिला फोरम संयोजक अनु राईको नेतृत्वमा हङकङ डलर ६ हजार ८८१ संकलन गर्नुभएको थियो । संकलन गरि पठाइएको सो रकम आज विक्रमको घरमै पुगेर हस्तान्तरण गरिएको हो । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश कमिटीका सचिव अमर भुजुले सो रकम हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा विक्रमले सबैको सहयोगले उपचार सम्भव भइरहेको बताउँदै सहयोग गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो । लामो समय अस्पतालमा रहनु भएको विक्रम अहिले घरमै आराम गरिरहनु भएको छ ।
हङकङबाट सहयोग गर्नुहुने नेपाली दिदीबहिनीहरुको नामावली यस प्रकार छ :-
१) अनु राई -$१०००
२) कमला गुरुङ्ग- $१०००
३) तिल कुमारी मगर-$५१२
४) रितु सुब्बा – $ ५१२
५) निसा राई(सुजा ईजाम लिम्बू )-$५००
६ ) पुस्पकला राई $२००
७ ) सामिन वानेम $२०७
८ ) मुना लिम्बू$२५०
९ ) बिन्दिया राई $२००
१० ) अन्जु राई $२००
११ ) टिना राई $२००
१२ ) सप्तरंगी महिला समूह-$२१००
अमिता थापा मगर
साबित्रि लिम्बू
दिपा पुन
मनु थापा मगर
लक्ष्मि गुरुङ्ग
शान्ति गुरुङ्ग
प्रकाशित | २१ भाद्र २०७७, आईतवार १५:५९