अनुष्का श्रेष्ठको पहलमा पहिलो पटक नेपाल आउँदै ‘मिस वर्ल्ड’- २०१९ की विजेता टोनी

काठमाडौं : मिस नेपाल २०१९ अनुष्का श्रेष्ठको नेतृत्व तथा पहलमा ‘मिस वर्ल्ड’- २०१९ की बिजेता जमैकाकी टोनी एन सिं नेपाल आउनु हुने भएको छ । हिड्न टेजर तथा पर्यटन मन्त्रालयसँगको समन्त्रवयमा पहिलो पटक ‘मिस वर्ल्ड’- २०१९  की बिजेता जमैकाकी टोनी एन सिं नेपाल आउन लाग्नुभएको हो ।

नेपालको तर्फबाट ‘मिस वर्ल्ड’- २०१९ मा अनुष्का श्रेष्ठले गर्नुभएको उत्कृष्ट प्रदर्शनले ‘मिस वर्ल्ड’- २०१९ की विजेता टोनी एवं आयोजक संस्था निकै प्रभावीत भएको थियो । अनुष्काको सोही उत्कृष्टताकै कारण नेपालमा ‘मिस वर्ल्ड’-२०२० गर्ने तथा मिस नेपालले सञ्चालन गरेका नमूना प्रोजेक्ट सञ्चालन गर्ने कार्ययोजना छ ।

सो अवसरमा विश्व सुन्दरीसँगै प्रतियोगिता कार्यक्रमका नेतृत्वकर्ता तथा संचालक जुलिया मोर्ली पनि आउनुहुने भएको छ । आगामी बिहीबार उहाँहरु नेपाल आउने कार्यक्रम छ ।

साथै फाल्गुन २३ गते हेलम्बु गाउँपालिका वडा ७ को सोलसिंग गाउँमा मिस नेपाल अनुष्काले सञ्चालन गर्नुभएको स्वयमसेवीका तथा स्वावलम्बन प्रोजेक्ट समेत अवलोकन गर्नुहुने भएको छ ।  अघिल्लो वर्षकी मिस नेपाल श्रृखंला खतिवडाको प्रोजेक्ट पनि अवलोकल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।


प्रकाशित | २० फाल्गुन २०७६, मंगलवार ०८:५३