नेपालमा थप १२ सय २८ जनामा कोरोना संक्रमण, ९१७ जना डिस्चार्ज

काठमाडौं – नेपालमा थप १२२८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा १३ हजार ४१३ जनाको कोरोना परिक्षणको क्रममा थप ११२८ जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४२ हजार ८७७ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा थप ९१७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २४ हजार २०७ उपचारपछि निको भएका छन्।

बिहीबार काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ संक्रमित थपिएका छन्। हाल देशभर ७७४२ जना होम आइसोलेसनमा छन् भने ६ हजार ७४९ क्वारेन्टाइनमा रहेका छन् ।

त्यस्तै, चार महिला र दुई पुरुष गरि पछिल्लो २४ घन्टामा ६ जनाको निधन भएको छ । यो सहित कोरोनाको कारण निधन हुनेको संख्या २५७ पुगेको मन्त्रालयका प्रवत्ता डा गौतमले जानकारी गराउनुभयो ।


प्रकाशित | १८ भाद्र २०७७, बिहीबार १६:२८