हङकङमा तमु टो ह्युला महिला बिभागको आयोजनामा ‘प्रथम तमु भेला तथा च्यारिटी डिनर’ कार्यक्रम

हङकङ : हङकङमा प्रथम पटक ‘तमु भेला तथा परोपकारी रात्रिभोज’ कार्यक्रम सम्पन्न गरिएको छ । तमु टो ह्युला हङकङ महिला बिभागको आयोजनामा ‘तमु भेला तथा परोपकारी रात्रिभोज’ कार्यक्रम भब्य रुपमा सम्पन्न गरिएको हो ।

तमु साँस्कृतिक प्रतिष्ठान नेपालको सहयोगार्थ तथा महिलाहरूको समाजिक दायित्व र नेतृत्व विकासको लागी ‘प्रथम तमु भेला तथा परोपकारी रात्रिभोज”कार्यक्रम आयोजना गरिएको हो । नेपाल सरकारबाट ‘प्रबल जनसेवा श्री’ बाट बिभुषित समाजसेवी तथा तमु धि नेपाल केन्द्रीय समिति अध्यक्ष कर्म गुरूङको प्रमुख आतिथ्यताको कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा एनआरएनए हङकङ अध्यक्ष तथा तमु टो ह्युला हङकङ भूपू सदस्य, कोषाध्यक्ष र सल्लाहकार समेत रहनु भएको राधिका (टिका ) गुरुङले तमु टो ह्युला हङकङ महिला बिभागको गठन ,यसले गरेको र गर्ने कामहरूका साथै भविष्यमा गर्नुपर्ने कार्यक्रमहरुको विषयमा संक्षिप्त प्रकाश पार्नुभएको थियो । तमु टों ह्यूला हङकङ महिला बिभागकी अध्यक्ष कबिता गुरूङको अध्यक्षतामा भव्यताका साथ सम्पन्न कार्यक्रममा कार्यक्रम सञ्चालन सचिव गिता गुरूङले गर्नुभएको थियो ।

तमु टो ह्युला महिला बिभाग एनआरएनए हङकङ र नेपाली महिला संघ हङकङको संयुक्त आयोजनमा मनाइएको ८ औं महिला दिवसको अवसरमा हङकङमा रहेको बिभिन्न महीला बिभाग मध्ये सकृया ‘महीला बिभाग अवार्ड’ बाट समेत सम्मानीत भएको थियो ।

त्यस्तै, त्यसअघि कार्यक्रमका प्रमुख अतिथि तमु धि नेपाल केन्द्रीय समिति अध्यक्ष कर्म गुरूङलाई एयरपोर्ट भब्य स्वागत गरिएको थियो । तमु टों ह्यूला हङकङ अध्यक्ष विजय कुमार गुरूडले एयरपोर्ट प्रमुख अतिथि कर्म गुरूङलाई स्वागत गर्नुभएको हो । तमु साँस्कृतिक प्रतिष्ठानले शैक्षीक क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको छ । जस अन्र्तगत विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्दै विद्यार्थीहरुलाई शिक्षा आर्जनमा टेवा पुर्याइरहेको हो ।


प्रकाशित | २ मंसिर २०७६, सोमबार १५:५०