एमालेले सूर्यविनायक नगरको प्रतिबद्धता-पत्र भोलि सार्वजनिक गर्ने

भक्तपुर: नेकपा एमालेले सूर्यविनायक नगरको प्रतिबद्धता-पत्र भोलि बिहीबार सार्वजनिक गर्ने भएको छ । घरदैलो कार्यक्रमको क्रममा  भोलि स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गरिन लागिएको हो ।

नगर कमिटि अध्यक्ष रविन्द्र सापकोटाका अनुसार ७ नं वडाको घरदैलो कार्यक्रमको क्रममा बैशाख २२ गते बिहान ७ बजे गुण्डू चोकबाट प्रतिबद्धतापत्र सार्वजनिक गरि घरदैलो कार्यक्रम शुरु गरिनेछ ।

सूर्यविनायकमा नेकपा एमालेको तर्फबाट मेयरमा बासुदेव थापा र उममेयरमा सरिता भट्टराई उम्मेदवार हुनुहुन्छ । प्रतिबद्धतापत्रमा मेयर थापाको नेतृत्वमा पहिलो कार्यकालमा भएका कार्य तथा आगामी योजनाहरु समेटिएको छ ।


प्रकाशित | २१ बैशाख २०७९, बुधबार २०:४९