नेपालमा थपीए ११ सय २० जना कोरोना संक्रमित, ११ सय १२ जना डिस्चार्ज

काठमाडौं – नेपालमा थप ११२० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा थप १११२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २३ हजार २९० उपचारपछि निको भएका छन्।

पछिल्लो २४ घन्टामा थप १२ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा २५१ जना संक्रमितको मृत्यु भएको छ।

यस्तै मन्त्रालयका अनुसार १० हजार ४९३ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ६१५ छन्। क्वारेन्टाइनमा ६ हजार ७६६ जना रहेका छन् भने कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार १०८ छ।

बुधबार काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ संक्रमित थपिएका छन्।


प्रकाशित | १७ भाद्र २०७७, बुधबार १७:३८