एनआरएनएमा सबै पक्षलाई समेटेर लैजान परराष्ट्र मन्त्री खड्काको सुझाव

काठमाडौं – परराष्ट्र मन्त्री नारायण खड्काले गैर आवासीय नेपाली संघमा सबै पक्षलाई समेटेर लैजान सुझाव दिनु भएको छ । संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलसंगको भेटमा मन्त्री खड्काले सबै पक्षलाई समेटेर संघको १० औं महाधिवेशन तथा निर्वाचन प्रक्रिया अगाडि बढाउन सुझाव दिनु भएको हो ।

मन्त्री खड्काले मन्त्रालयको तर्फबाट कुनै हस्तक्षेप नहुने पनि बताउनु भयो ।  भेटमा गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नयाँ नेतृत्वको लागि हुने निर्वाचनको लागि सहयोग गर्न आग्रह गर्नु भएको थियो।

निर्वाचनको विषयलाई लिएर संघ मन्त्रालयबिरुद्ध पाटन उच्च अदालतमा जानू बाध्यात्मक कदम भएको बताउँदै पन्तले आगामी दिनमा मन्त्रालयसंग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

प्रतिनिधिमण्डलमा गैर आवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ, नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक रोशन थाापा, गैर आवासीय नेपाली संघ बेल्जियमका पूर्वसभापति गंगाधर गौतम लगायतको उपस्थिति थियो ।


प्रकाशित | १७ पुष २०७८, शनिबार २०:४३