काठमाडौं उपत्यकामा २९८ सहित थप ८९९ कोरोना संक्रमित थपिए, ५८८ जना संक्रमणमुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ११ हजार १२९ जनाको पिसिआर परिक्षण गरिएकोमा ८९९ जनामा कोरोना संक्रमण देखिएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३९ हजार ४६० जना पुगेको छ।

त्यस्तै, उपत्यकामा थप २९८ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा थप ५८८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २१ हजार ४१० उपचारपछि निको भएका छन्।

अहिले क्वारेन्टाइनमा ७ हजार ३३७ जना रहेका छन्। सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ रहेको छ। संस्थागत आइसोलेसनमा १० हजार ७०१ जना रहेका छन् भने होम आइसोलेसनमा ७ हजार १२१ जनाको उपचार भइरहेको छ।


प्रकाशित | १५ भाद्र २०७७, सोमबार १६:३६