काम नगर्ने बैंक तथा वित्तिय संस्था हस्तक्षेप गर्ने राष्ट्र बैंकको चेतावनी

काठमाडौै: नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले काम गर्न नसक्ने बैंक तथा वित्तिय संस्थाका सञ्चालकहरुलाई हस्तक्षेप गर्ने चेतावनी दिएका छन् । यसअघि बैंक तथा वित्तीय संस्थाका सञ्चालकलाई पाठ्यक्रम नै बनाएर पढाउने बताउँदै आएका गभर्नर नेपालले काम गर्न नसक्ने संस्थाका सञ्चालकहरुलाई हस्तक्षप गर्ने चेतावनी दिएक हुन् ।

सोमबार काठमाडौँमा भएको कार्यक्रममा उनले मुनाफा आर्जनका नाममा सर्वसाधारणको निक्षेप जथाभावी परिचालन नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई चेतावनी आग्रह गरे ।

‘बैंक सीमित व्यक्तिको निजी संस्था नभएर सार्वजनिक सम्पति भएकाले मुनाफा आर्जनलाई प्राथमिकता दिएर जथाभावी कर्जा परिचालन गर्ने कुरा राष्ट्र बैंकलाई सह्य हुँदैन’ उनले भने । उनले बैंक तथा वित्तिय संस्थाका सञ्चालक तथा पदाधिकारीहरुप्रति जनताको विश्वास हुने भएकाले कसैले व्यक्तिगत स्वार्थका लागि घात गर्नु नहुने बताए । कमाउ धन्दामा आउने सञ्चालकलाई व्यापार व्यवसाय गर्न उनले सुझाव दिए ।

गभर्नर नेपालले जनताको पैसा नडुबोस् भनेर समस्याग्रस्त बैंक तथा वित्तिय संस्था संस्थाहरुलाई पुनः सञ्चालन गर्ने अवसर प्रदान गरिएको बताए ।


प्रकाशित | २६ कार्तिक २०७६, मंगलवार १०:४८