गरिवी निवारण कोषमा भ्रष्टाचारको गन्ध आए सैह्य हुन्न : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गरिवी निवारण कोषमा भ्रष्टाचारको गन्थ आए सैह्य नहुने चेतावनी दिनुभएको छ । सिंहदरबारमा बसेको गरिवी निवारण कोषको ७० औं सञ्चालक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारको गन्ध कहिँकतै आए सैह्य नहुने चेतावनी दिनुभएको हो ।

कोषका अध्यक्षसमेत रहनुभएको प्रधानमन्त्री ओलीले गरिवी निवारणको क्षेत्रमा गरेका कामको मूल्याङ्कन गरेर मात्रै गरिवी निवारण कोषका लागि आगामी आर्थिक वर्षको बजेटको व्यवस्था गर्न निर्देशन दिनुभयो । कोषले गरिवी निवारण कोषको आर्थिक क्रियाकलापको अनुमगन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको नेतृत्वमा ५ सदस्यीय समिति पनि बनाएको छ । त्यसैगरी ३२ हजार गरिवी निवारण कोषसँग सम्बन्धित संस्थाहरुलाई बजेटसहित स्थानीय तहबाट संचालन गर्ने निर्णय समेत भएको छ ।


प्रकाशित | २४ चैत्र २०७५, आईतवार २०:५१