काठमाडौं उपत्यकामा १६८ सहित थप ५८१ जनामा कोरोना पुष्टि, तीन जनाको निधन

काठमाडौं – नेपालमा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थपिएका सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार २४१ जना पुगेका छन् ।

पछिल्लो २४ घण्टामा थप १६० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार ४९५ उपचारपछि निको भएका छन्।

त्यस्तै, काठमाडौं उपत्यकामा १६८ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका १३९ जना, भक्तपुरका १४ जना र ललितपुरका १५ जनामा संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी गराउनुभयो ।

प्रवक्ता गौतमका अनुसार सोमबार ११ हजार ५ सय २० जनाको परीक्षण गरिएको हो । हाल क्वारेन्टिनमा १५ हजार १ सय ९८ जना, देशभरीका आइसीयुमा १ सय १३ जना छन भने आइसोलेसनमा ९ हजार ६ सय ३९ जना उपचाररत रहेका छन ।

उप तीन जनाको निधन

सोमबार थप ३ जनाको कोरोनाले मृत्यु भएको छ। प्रवक्ता गौतमले थप ३ जनाको मृत्यु भएको पुष्टि गर्नुभयो । यो सँगै मृतकको संख्या १०७ पुगेको उहाँले बताउनुभयो ।

प्रवक्ता गौतमका अनुसार रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंकी ५८ महिलाको कोरोनाबाट मृत्यु भएको हो ।


प्रकाशित | १ भाद्र २०७७, सोमबार १७:३१