कागेश्वरी मनोहरास्तरीय विज्ञान प्रदर्शनी: सामुदायीकतर्फ गान्धी र संस्थागततर्फ श्रमशील प्रथम

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका स्तरीय विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । कागेश्वरी मनोहरा नगरपालिका ३ स्थित भद्रबासमा रहेको आदर्श माध्यामीक विद्यालयमा नगरपालिकाद्धारा आयोजित नगरस्तरीय विज्ञान प्रदर्शनी सम्पन्न भएको हो ।

एक दिने प्रदर्शनी नगर प्रमुख उपेन्द्र कार्कीले उद्घाटन गर्नु भएको थियो । उद्घाटन गर्नुहुँदै मेयर कार्कीले विज्ञान र प्रविधिलाई प्रत्यक्ष जीवनसँग जोडेर शिक्षा प्रदान गर्नु अहिलेको आवश्यकता रहेको बताउँदै नगरपालिकाले शैक्षीक क्षेत्रलाई अगाडि बढाउन जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

This image has an empty alt attribute; its file name is IMG_3064-1024x683.jpg

प्रदर्शनीमा ३५ विद्यालय सहभागि भएका थिए भने ६० वटा स्टल राखिएको थियो । दर्जन भन्दा बढी प्रोजेक्टहरु पनि प्रदर्शन गरिएको प्रदर्शनीको हजारौ विद्यार्थीहरुले अवलोकन गरेको नगरपालिकाले जनाएको छ । प्रदर्शनीमा सामुदायीक र संस्थागततर्फ छुट्टाछुट्टै मूल्यांकन गरिएको थियो ।

प्रदर्शनीमा साुमदायिक तर्फ गान्धी आदर्श माध्यमिक विद्यालय र संस्थागत तर्फ श्रमशील बिद्या पिठ प्रथम भएको छ । गान्धीले कागेश्वरी नगरपालिका–९ स्वद्यालयले विज्ञानको जीव शास्त्रसँग सम्बन्धित विभिन्न प्रयोगात्मक प्रदशनीहरु देखाउँदै पहिलो स्थान हात पारेको हो ।

प्रदर्शनीमा नेपाल राष्टिय निमार्ण माध्यमिक विद्यालयले दोस्रो स्थान हात पार्न सफल भएको छ । कागेश्वरी नगरपालीका–६ स्थित सो विद्यालयले सौर्य हरितगृहबाट किसानले उत्पादन गर्न सकिन्छ भन्ने प्रस्तुति दिएको थियो ।

सो विद्यालयका छात्र रोहन डल्लाकोटी, सरला लामिछाने र खगेन्द्र श्रेष्ठले हिमाली भेगमा तथा बेमौसमा पनि किसानहरुले कसरी कृतिम हरितगृहबाट खेती गर्न सकिन्छ भन्ने प्रयोग देखाएकाका थिए ।

त्यस्तै, संस्थागत विद्यालयतर्फ बिद्या आर्जन स्कुल द्वितीय हुन सफल भएको छ ।

प्रदर्शनीमा सामुदाायीक विद्यालयतर्फ कान्तिभौरव माध्यमिक विद्यालय र संस्थागत विद्यालयतर्फ माउन्ट एभरेस्ट स्कुल तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

उता सामुदायिकतर्फ आदर्श माध्यमिक विद्यालय र संस्थागत विद्यालयतर्फ द सेलिब्रेसन कोएड स्कुलले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।


प्रकाशित | ११ फाल्गुन २०७९, बिहीबार २१:३७