स्थानीय तहका उम्मेदवारको नाम समानुपातिक सूचीमा भए १० वैशाख भित्र हटाउन आयोगको आग्रह

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरूमध्ये कसैको नाम प्रदेशसभा तथा प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा भए १० वैशाखभित्र हटाउन आग्रह गरेको छ ।

आयोगले एक विज्ञप्ति जारी गर्दै प्रदेशसभा तथा प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा नाम भए १० वैशाखभित्र हटाउन भनेको हो । त्यसका लागि व्यक्तिले नभई दलको तर्फबाट त्यस्तो नाम लेखी निर्वाचन आयोगमा पठाउनुपर्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार १० वैशाखभित्र प्रक्रिया पुर्‍याई आयोगमा लेखी पठाएमा उम्मेदवारको बन्द सूचीबाट त्यस्ता व्यक्तिको नाम हटाइनेछ । त्यसका लागि कुनै अन्य दल वा सम्बन्धित उम्मेदवारको निवेदनको आधारमा त्यस्तो बन्द सूचीबाट नाम हटाउन नसकिने पनि स्पष्ट पारेको छ ।


प्रकाशित | ९ बैशाख २०७९, शुक्रबार २१:२२