पाँच वर्षसम्म प्रधानमन्त्री ओलीको विकल्प अरु कोही हुन सक्दैन : रामबीर मानन्धर

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले जनताको चाहना अनुसार प्रधानमन्त्री केपी शर्मा ओली पाँच वर्ष प्रधानमन्त्री बन्ने बताउनुभएको छ । जनताले पाँच वर्षका लागि प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार बनाउने अभिमत दिएको मन्त्री मानन्धरको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा जनताको समृद्धिको सपना पुरा हुने बताउँदै राजधानीको प्रज्ञा प्रतिष्ठानमा फोकस नेपालले आयोजना गरेको कोरोना नियन्त्रणमा सरकार र नागरिक समाजको भुमिका विषयक अन्तरक्रियामा मन्त्री मानन्धरले भन्नुभयो, ‘प्रजातन्त्र स्थापनापछिको ७० वर्षे कालखण्डमा पहिलो पटक सबैभन्दा शक्तीशाली सरकार बनेको छ, प्रधानमन्त्री ओलीको विकल्प अरु कोही हुन सक्दैन ।’

जनताले विश्वास गरेर ओली नेतृत्वमा सरकार बनाउन नेकपालाई जिम्मा दिएको बताउँदै आगामी दुई वर्षमा चुनावी घोषणापत्र र जनतासँग गरिएका प्रतिवद्धता अनुसार वर्तमान सरकारले काम गर्ने बताउनुभयो ।


प्रकाशित | १२ मंसिर २०७७, शुक्रबार ०८:३३