दोलखा जिल्लामा भदौ ६ गते सम्म लकडाउन

चरिकोट – दोलखा जिल्लामा आज रातीदेखि लागू हुने गरि भदौ ६ सम्म लकडाउन गरिएको छ । कोरोना संक्रमण फैलन नदिन जिल्ला संकट व्यवस्थापन समिति दोलखाले एक साताका लागि दोलखा जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको हो ।

दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले संक्रामक रोग ऐन, २०२० को दफा २ को अधिकार प्रयोग गरी दोलखा जिल्लाभर साउन ३० गते राती १२ बजेटबा भदौ ६ गते राती १२ बजेसम्मको लागि लकडाउन गरिएको बताउनुभयो ।

Image may contain: text that says 'मूई मन्त्रालय जिल्ला प्रशासन कार्यालय चरिकांट ०४९-४२११३३ ૦૪९-૪૨૧૧૦૪ ०૪९-૪२૧૦૧૬ चलानी विषय हेल:dolakhadao@gmail.com आज गतेका व्यवस्थापन समितिको वैठक दोलखा जिल्लाका केही व्यक्तिहरु देखा परेको हुँदा फैलन नियन्त्रण कार्यलाइ प्रभावकारी बनाउन जिल्लाभर लकडाउन निर्णय २०७७/०४/३१ विहान बजेदेखि २०७७/०५/०६ बजेसम्म बमोजिम सेवाहरु गरिएको जानकारीको लागि अनुरोध अत्यावश्यक काममा वाहेक अत्यावश्यक सेवा प्रदान प्रकारका जिल्लाभर बाहिर निस्कन तथा हिडडुल बाहेक सरकारी तथा लगाउने अत्यावश्यक निषेध दुग्ध पूर्णरुपमा बजेसम्म गर्ने पसलहरु (खाद्यान्न, तरकारी അk. भीमकान्त शर्मा प्रमुख जिल्ला अधिकारी'

लकडाउन अवधिभर एम्बुलेन्स र दमकल बाहेकका सबै सरकारी तथा गैर सरकारी सेवा, विद्यालय, बजार, निजी तथा सार्वजनिक यातायात लगायत सबै प्रकारका सेवाहरु एकहप्ताको लागि लकडाउन गरिएको प्रजिअ शर्माले जानकारी गराउनुभयो ।


प्रकाशित | ३० श्रावण २०७७, शुक्रबार २०:१०