आज पनि असिना र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं:  आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।
मौसमविद्का अनुसार पश्चिमी वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मौसम बदली भएर आज पनि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।

मौसमविद् गङ्गा नगरकोटीका अनुसार बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम नरोकिएको र पश्चिमी वायुसँगै स्थानीय वायुको पनि प्रभाव भएकाले यो साताभरी नै मौसम सफा रहने छैन ।

आज दिउँसो र राती चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउनसमेत मौसमविद्ले अनुरोध गरेका छन् । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको आगामी २ दिनको बुलेटिनमा पनि मौसम सफा नरहने उल्लेख गरिएको छ ।


प्रकाशित | २२ बैशाख २०७७, सोमबार ०९:२३