नेपालका ख्यातीप्राप्त कलाकारको साथमा एनआरएनएको भर्चुअल मनोरञ्जनात्मक कार्यक्रम हुँदै

काठमाडौं। गैर आवासीय नेपाली संघ(एनआरएनए)ले यहि फेब्रुअरी ६ तारिख शनिबार ‘NRNA Reflection -2021’ नामक अनलाईन मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो देखि बर्तमान अध्यक्ष कुमार पन्तसम्मले चुटकिला, मुक्तक , सायरीका साथ मनोरंजनात्मक प्रस्तुतिमा उपस्थिति हुने भएका छन।

कार्यक्रममा सबैले आ-आफ्नो घरमा बसेर मनोरंजनात्मक रूपले उपस्थिति जनाउने छन । एसिया, मिडल इस्ट, अफ्रीका, युरोप, अस्ट्रेलिया तथा अमेरिका क्षेत्रबाट सबै जना पुराना तथा नयाँ एनआरएनहरु सहभागी हुने जनाइएको छ ।

कार्यक्रमका संयोजक तथा परिकल्पनाकार एनआरएन जापानका पुर्ब अध्यक्ष एबं एसिया प्यासिफिकका उपसंयोजक पारसमणि पोखरेलले भन्नुभयो , ‘कोभिडको बिचमा यो भर्चुअल रुपमै भएपनि मनोरंजनात्मक कार्यक्रमले फ्रेश गराउने र हामी गैरआवासीय नेपालीहरूलाई अझ आत्मीय, एकताबद्द बनाउने छ । अझ भनौ कार्यक्रमको उधेश्य नै भर्चुअलको माध्यमबाट एक अर्काको मनलाई फ्रेस बनाउने कोशीस हो ।’

यस कार्यक्रममा नेपालका राष्ट्रिय कलाकारहरु आनन्द कार्की, दिपाश्री निरौला, जितु नेपाल, सुगम पोखरेल, सन्दिप क्षेत्री. संजय श्रेष्ठ अनि सिर्जना खत्रीको समेत सहभागी हुनेछन । उक्त दिन प्रत्यक्ष अप्रत्यक्षरूपमा हजारौले लाइभ हेर्न मिल्ले गरी तयारी गरीएको संयोजक पारसमणि पोखरेलले बताउनुभयो । कोभिडका बिचमा पनि एनआरएनमा केहि नयाँ र क्रिएटिभ काम गर्दै आउनुभएको पोखरेल यो कार्यक्रमलाई नितान्त मनोरंजनको लागि नयाँ सोचका साथ तय गरीएको गरिएको बताउनुहुन्छ ।


प्रकाशित | २२ माघ २०७७, बिहीबार १७:२७