चरिकोट – दोलखा जिल्लामा आज रातीदेखि लागू हुने गरि भदौ ६ सम्म लकडाउन गरिएको छ । कोरोना संक्रमण फैलन नदिन जिल्ला संकट व्यवस्थापन समिति दोलखाले एक साताका लागि दोलखा जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको हो ।
दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले संक्रामक रोग ऐन, २०२० को दफा २ को अधिकार प्रयोग गरी दोलखा जिल्लाभर साउन ३० गते राती १२ बजेटबा भदौ ६ गते राती १२ बजेसम्मको लागि लकडाउन गरिएको बताउनुभयो ।
लकडाउन अवधिभर एम्बुलेन्स र दमकल बाहेकका सबै सरकारी तथा गैर सरकारी सेवा, विद्यालय, बजार, निजी तथा सार्वजनिक यातायात लगायत सबै प्रकारका सेवाहरु एकहप्ताको लागि लकडाउन गरिएको प्रजिअ शर्माले जानकारी गराउनुभयो ।
प्रकाशित | ३० श्रावण २०७७, शुक्रबार २०:१०