पर्यटन दिवसको अवसरमा तीन नयाँ गन्तब्य घोषणा

काठमाडौँ : आज पर्यटन दिवसको अवसरमा तीन नयाँ गन्तब्य घोषणा गरिएको छ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)ले गरेको सिफारिसका आधारमा  नयाँ गन्तव्य घोषणा गरिएको हो । विश्व पर्यटन दिवसका अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले तीन वटै गन्तब्यका प्रतिनिधिलाई शुक्रबार नयाँ गन्तब्यको प्रमाणपत्र प्रदान गर्नुभयो । यस्ता छन्  तीन नयाँ गन्तब्य :

चालिस (रुबीभ्याली गाउँपालिका) : धादिङ

फापरखेत (काठेखोला गाउँपालिका) : बागलुङ

धुन्सा (फक्ताङलुङ गाउँपालिका) : ताप्लेजुङ

कार्यक्रममा सहभागीहरुले भ्रमण वर्ष २०२० को लक्ष्य पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्यसहित राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा कार्यक्रम आयोजना भइरहेको बताउनुभएको छ ।


प्रकाशित | १० आश्विन २०७६, शुक्रबार १५:०८