कान्तिपुर दैनिकका सहायक सम्पादक बानियाँको शव मकवानपुरमा भेटियो

काठमाण्डौ – तीन दिनदेखि सम्पर्कविहीन कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँको शव मकवानपुरको सिस्नेरीमा रहेको माण्डो जलविद्युत् परियोजना क्षेत्रमा भेटिएको छ । उहाँको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन हुनुहुन्थ्यो । बानियाँ तीन दिनदेखि परिवार, साथीभाइ र कार्यालयको सम्पर्कमा नरहेको भन्दै कान्तिपुर दैनिकले बुधबार बिहान उजुरी गरेपछि प्रहरीले खोजी तीव्र पारेको थियो । तनहुँ स्थायी घर भएका बानियाँ लामो समयदेखि कान्तिपुर दैनिकमा कार्यरत हुनुहुन्थ्यो ।


प्रकाशित | २८ श्रावण २०७७, बुधबार १४:४५