पत्रकार भरतबन्थु थापा ‘दावा नुर्बु पर्वतीय पर्यटन पत्रकारिता’ पुरस्कारबाट सम्मानीत

काठमाडौं: नेपाल पर्वतारोहण संघले पत्रकार भरतबन्धु थापालाई दावा नुर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ । नेपाल पर्वतारोहण संघले थापालाई नेपालको पर्यटन क्षेत्रमा शब्द , चित्र तथा भिडियोबाट योगदान पुराएको भन्दै नगद सहित सम्मान गरेको हो । सुच

सूचना तथा सञ्चार मन्त्रि गोकुल बास्कोटाले नगद १८ हजार ७ सय ५० रुपैया सहित थापालाई सम्मान पत्र प्रदान गर्नुभयो । विगत पन्ध्र बर्ष देखि तस्बिरको माध्यमद्धार प्रर्वद्धन गदै आएका थापाले वाईल्ड वेष्ट नेपाल र गन्तब्य कर्णाली फोटो किताब प्रकाशन गरिसक्नु भएको छ । थापा सहित जुली गुरुडलाई समेत सो पुरस्कार प्रदान गरिएको थियो ।


प्रकाशित | ११ आश्विन २०७६, शनिबार १९:२३