‘विप्लव’ नेतृत्वको नेकपाले जनसेनाको रुपमा चारवटा कम्पनी निर्माण गरेको गृहमन्त्री थापाको खुलासा

काठमाडौं: गृहमन्त्री रामबहादुर थापा (बादल) ले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जनसेनाको रुपमा चारवटा कम्पनी निर्माण गरेको खुलासा गर्नुभएको छ । गृहमन्त्री थापाले विप्लव समूहको मुख्य निशानामा यतिबेला राजधानीको उपत्यका रहेको बताउँदै सोमबारको प्रतिनिसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नजको जवाफ दिने क्रममा गृहमन्त्री थापाले आइतबार काठमाडौंका विभिन्न ठाउँमा भएका विस्फोटमा मृत्यु भएका व्यक्ति नागरिक नभएको बताउनुभयो ।

सर्वसाधारणलाई लक्षित गरी विस्फोट गर्ने गरी विस्फोटक पदार्थ बनाउँदै गर्दा पड्केर उनीहरुको ज्यान गएको गृहमन्त्रीको भनाइ छ । विस्फोटमा घटना घटाउन खोज्ने व्यक्तिको ज्यान गएको उल्लेख गर्दै गृहमन्त्री थापाले उनीहरु नागरिक नभएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ती विस्फोटमा मारिएका व्यक्ती सामान्य नागरिक होइनन् भन्ने हो, ती जनता होइनन् ति घटना घटाउन खोज्ने हुन् ।’ राजधानीका २ ठाउँ ९सुकेधारा र घट्टेकुलो०मा विस्फोटक पदार्थ बनाउँदै गर्दा विस्फोट भएको गृहमन्त्री थापाले संसदलाई जानकारी गराउनुभयो । ‘विस्फोटक पदार्थ बनाउन खोज्दा विस्फोट भएको छ । दुई ठाउँमै विस्फोटक पदार्थ बनाउने विस्फोट भएर उनीहरुको मृत्यु भएको हो,’ गृहमन्त्री थापाले भन्नुभयो ।


प्रकाशित | १३ जेष्ठ २०७६, सोमबार १४:०२