लामो दुरीको यातायात र हवाई उडान भदौ १५ गतेसम्म पुनः रोक

काठमाडौं – सार्वजनिक यातायात र हवाई उडान भदौ १५ गतेसम्म पुनः रोक लगाइएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको हवाई उडान र सार्वजनीक यातायात पुन: भदौ १५ गतेसम्म रोक लगाइएको हो ।

त्यस्तै, कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको हुनाले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पुरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

बैठकले सीमा नाकामा पनि अवैध आवतजावत जारी रहेको भन्दै थप कडाई गर्ने निर्णय गरेको छ । साथै उपत्यका प्रवेश गर्ने नाकामा पनि कडाई गर्ने निर्णय गरेको छ ।


प्रकाशित | २६ श्रावण २०७७, सोमबार २१:१४