अमेरिकाबासी नेपालीले अनुभव, सक्रियता, एनआरएनएको अभियानलाई ध्यान दिएर मतदान गर्नुहुनेछ : सुनिल साह

न्यूर्योक : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको अध्यक्षका उम्मेदवारी सुनिल साहले एनआरएनमा मतदान गर्दा उम्मेदवारको अनुभव, सक्रियता, एनआरएनए अमेरिकाको अभियानमा संलग्नतालाई हेरेर गर्न मतदातालाई अपिल गर्नुभएको छ । अध्यक्षका उम्मेदवार साहले संस्थालाई जिवन्त राख्नका लागि नेतृत्व र कार्यसमितिको आवश्यकता पर्ने भएकाले निर्वाचनमा जुट्न्पर्ने प्रजातान्त्रिक प्रक्रियालाई मात्र अवम्बन गरिएको बताउँदै त्यसलाई अस्वभावीक मान्न नहुने बताउनुभयो ।

उहाँले एक विज्ञप्ति जारी गर्दै संस्थालाई रन गराउनका लागि कस्तो व्यक्तिको आवश्यकता पर्दछ भन्ने कुरा अमेरिकाका सम्पूर्ण गैर आवासीय नेपालीमा अवगतै भएको बताउनुभयो । उहाँले भन्नुभएको छ, ‘यो कुनै सत्ता प्राप्तिको विषय पनि होइन, र यहाँ कोही पराजित हुने भन्ने हुदैंन । यहाँँ जो जो चुनावी मैदानमा हुनुहुन्छ उहाँहरु दोस्रो, तेस्रो वा चौथो स्थानमा रहनुहुनेछ । र हामी सबैं एनआरएनए अमेरिकामार्फत एनआरएनए अमेरिकामा सहकार्य गरिरहने छौं ।’ साहले जारी गर्नुभएको विज्ञप्ति जस्ताको तस्तै

आदरणीय गैर आवासीय नेपाली संघ अमेरिकाका सम्मानित सदस्य ज्यूहरु

एवं आमावुवा, दाजु भाई, दिदि बहिनी तथा समस्त अमेरिका बासी गैर आवासीय नेपाली

सम्पूर्णमा नमस्कार ।

गैर आवासीय नेपाली संघ अमेरिकाको नयां नेतृत्व निर्माणका लागि यति खेर अमेरिकामा रहेका गैर आवासीय हामी नेपाली छलफल, अन्तरक्रिया, वहस लगायत विभिन्न कार्यक्रममा सक्रिय रहेका छौं । एनआरएनए अमेरिकाको निवार्चन कार्यक्रम अनुसार मे १८ र १९ मा मतदानको कार्यक्रम रहेको छ । सम्मानित मतदाता ज्यूहरुले आफ्नो मतको प्रयोग गरी एनआरएनए अमेरिकामा वर्ष २०१९ र २१ का लागि नयाँ नेतृत्व निर्वाचित गराउनुहुनेछ । यो बीचमा सबैं उम्मेद्वारहरु चुनावी अभियानमा सक्रिय रहनुभएको छ । चुनावी प्रक्रियामा जाँदा कोही व्यक्ती वा कुनैं समुहले कुनैं एउटा व्यक्ती वा समुहलाई समर्थन वा सहयोग गर्नुलाई अन्यथा लिनुहुदैंन । तर केवल विषय यो रहन्छ की यहा कोही पक्ष वा विपक्षमा भने विभाजित हुनुहुदैंन । यो कुनैं सत्ता प्राप्तिको विषय पनि होइन, र यहाँ कोही पराजित हुने भन्ने हुदैंन । यहाँ जो जो चुनावी मैदानमा हुनुहुन्छ उहाँहरु दोस्रो, तेस्रो वा चौथो स्थानमा रहनुहुनेछ । र हामी सबैं एनआरएनए अमेरिकामार्फत एनआरएनए अमेरिकामा सहकार्य गरिरहने छौं ।

संस्थालाई जिवन्त राख्नका लागि नेतृत्व र कार्यसमितिको आवश्यकता पर्ने भएकाले हामी त्यसका लागि निर्वाचनमा जुटिरहेका हौं । संस्थालाई रन गराउनका लागि कस्तो व्यक्तिको आवश्यकता पर्दछ भन्ने कुरा हाम्रा सम्मानित सदस्य ज्यूहरु जानकार नैं हुनुहुन्छ । र आफ्नो मतको सदुपयोग गर्दै एनआरएनए अमेरिकाको नेतृत्व र कार्यसमिति निर्माण गर्नुहुनेछ ।

प्रजातान्त्रिक मुलुक अमेरिकामा रहेका हामीहरुले प्रजातान्त्रिक पद्दतीको उच्च सम्मान गर्न जानेका छौं । र त्यो पद्दतीको सम्मान गर्दै हामी सबैं एनआरएनए अमेरिकालाई हाम्रो र राम्रो संस्था बनाउने अभियानमा हातेमालो गरेर हिजो देखि आजसम्म जसरी अघि बढेका छौं भोलिका दिनमा समेत त्यसलाई अझ मजबुत पारेर अघि बढ्नेछौं । यो अभियानका दौरानमा व्यक्तिगत कुण्ठा वा प्रतिशोधको भावना पालेर व्यक्तिगत आरोप प्रत्यारोपले हामीलाई सही गन्तव्यमा पुर्याउदैंन भन्ने तर्फपनि हामी उत्तिकैं सजग र चिन्तित हुनुपर्दछ । यो चुनाव त सकिहाल्छ तर हामी सबैं मिलेर सगैं सहकार्य गरेर एनआरएनए अमेरिका मार्फत एनआरएनएको अभियानमा भविष्यमा अझ बढी योगदान दिनुपर्ने हुन्छ । परिणाम केवल संस्थालाई रन गर्ने बडी निर्माणका लागि मात्र हो, हामी सबैंको उत्तिकैं दायित्व र जिम्मेवारी रहेको हुन्छ ।
अन्त्यमा, सम्पूर्ण सम्मानित सदस्यज्यूहरुले अनुभव, सक्रियता, एनआरएनए अमेरिकाको अभियानमा संलग्नता, वर्तमान अवस्थामा वरिष्ठ उपाध्यक्षको भूमिकामा रहदा मैले खेलेको भूमिका र मैले निभाइरहेको जिम्मेवारीलाई हेरेर अध्यक्ष पदमा मेरो उम्मेद्वारीलाई सही सावित गर्दै मत प्रदान गर्नुहुनेनैं छ भन्ने मेरो पूर्ण विश्वास रहेको छ ।

जय एनआरएनए । जय एनआरएनए अमेरिका । जय नेपाल ।

सुनील साह
अध्यक्ष पदको उम्मेद्वार
गैर आवासीय नेपाली संघ, अमेरिका, वर्ष २०१९र २


प्रकाशित | २५ बैशाख २०७६, बुधबार २१:०६