कांग्रेस नेता गगन थापाद्धारा गृहमन्त्रीको राजीनामा माग

काठमाडौं: नेपाली कांग्रेसका युवा नेता गगन थापाले वर्तमान सरकार शान्ति सुरक्षा दिन असफल भएको बताउनुभएको छ । सरकार शान्ति सुरक्षा दिन असफल भएको भन्दै गृहमन्त्रीकको राजीनामा माग्नुभएको छ । नेता थापाले भन्नुभयो, ‘हामीलाई सुरक्षा दिने गृहमन्त्री चाहिएको हो, तर्साउने गृहमन्त्री होइन । शान्तिसुरक्षा दिन नसक्ने गृहमन्त्रीले आजै राजीनामा दिनुपर्छ ।’

नेपाल प्रेस युनियनले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले विप्लवले जनसेना गठन गरेको र उपत्यकालाई केन्द्र बनाएको भन्ने गृहमन्त्रीलाई जानकारी हुँदाहुँदै किन चुकेको प्रश्न गर्नुभयो । थापाले सरकारले अधिनायकवादतर्फ जान लागेको बताउँदै भन्नुभयो, ‘राजा ज्ञानेन्द्रलाई ठेगान लगायौं । अब राजा बन्न खोज्नेलाई रोक्ने तागत पनि हामीसँग छ ।’


प्रकाशित | १३ जेष्ठ २०७६, सोमबार १९:१०