धन्यवाद ‘डाक्टर’ : जहाँ पाँच रुपैयाँमै उपचार हुन्छ

काठमाडौं :  बिरामी पर्दा हाम्रो आँखा ठोकिन आइपुग्छ, अस्पलाको लामो लाइन र औषधिको महँगो बिल । तर, वाङ्चुक राप्तेन लामाले विगत तीन वर्षदेखि पाँच रुपैयाँमै बिरामको उपचार गरिरहेका छन्् । उमेरले तीन दशक टेक्न लागेका उनी ‘ठ्रङ्गु फेन्दे क्लिनिक’का डाइरेक्टर हुन् । काभ्रेस्थित नमोबुद्धको थाङ्गु टासी याङ्गे गुम्बामा रहेको क्लिनिकबाट दैनिक सयौँले सेवा लिइरहेका छन् ।

गुम्बामा आउनुअघि वाङ्चुक गाउँगाउँमा स्वास्थ्य शिविर चलाउँथे । शिविर चलाउँदा चलाउँदै बिरामी भएपछि उनको मुटुको अप्रेसन भयो । डाक्टरले आराम गर्नु भनेका छन् । तर आराम गर्दैनन् । गुम्बामा लामासँगै गाउँलेको उपचारमा खटिइरहेका छन् । यो समाचार राजु स्याङ्तानले नयाँ पत्रिकामा लेखेका छन् ।


प्रकाशित | १४ बैशाख २०७६, शनिबार ०७:५६