समाजसेवी पदम पौडेलद्धारा डोलेश्वर मन्दिरको गजुर निर्माणमा एक करोड सहयोग

भक्तपुर- सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलमा रहेको केदारनाथको शिर डोलेश्वर मन्दिरको गुरु योजना सम्पन्न गर्न समाजसेवी पदम बहादुर पौडेलले एक करोड आर्थिक सहयोग गर्नुभएको छ ।

व्यवसायी तथा समाजसेवी पौडेलले यसअघि गुरुयोजना निर्माणमा १ करोड सहयोग घोषणा गर्नुभएको थियो । जसअनुसार रु ४१ लाख मन्दिरको गजुर र छाना निर्माणमा सहयोग गर्नुभएको समितिका सचिव विश्व राम थापाले जानकारी गराउनुभयो । थापाका अनुसार अहिले गूरुयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

समितिका अनुसार काम सम्पन्न गर्न स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद कोष) र नगरपालिकाको साझेदारीमा रु २ करोड विनियोजित गरिएको छ । सो रकम मध्य ८० लाख मन्दिरको छाना लगायतको काठ लगाउनको लागि उपभोक्ता समिति मार्फत काम गरिएकोमा रु ५५ लाखमा काम सम्पन्न भएको छ ।

बाकीँ रु १ करोड २० लाखको ठेक्का प्रक्रिया बाट ढुङ्गा छाप्ने, तेले ईटा छाप्ने, मन्दिर भित्रको भित्तामा कट्टा स्टोन छाप्ने, काठका थामहरु राख्ने, पाटीका छानाहरुमा झिगटी लगाउने लगायतका कामहरु तिब्र गतिमा भइरहेको छ । पौडेलले यसअघि नै मन्दिरको नाममा १६ रोपनी जग्गा समेत दान गर्नुभएको थियो


प्रकाशित | २३ श्रावण २०७७, शुक्रबार १४:०२