एनआरएनए मकाउले पठाएको सर्जीकल मास्क ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए ) मकाउले पठाएकोमध्ये १६ हजार थान सर्जीकल माक्स काठमाडौं महानगरिय ट्राफिक प्रहरी महाशाखा बग्गीखानालाई सहयोग प्रदान गरिएको छ ।

राष्ट्रिय समन्वय परिषद् मकाउले सहयोग स्वरुप उपलब्ध गराएको ५७ हजार सर्जिकल फेस मास्क मध्ये महानगरिय ट्राफिक प्रहरी महाशाखा बग्गीखानाका प्रमुखलाई १६ हजार थान हस्तान्तरण गरि सहयोग प्रदान गरिएको हो । उक्त मास्क संघका उपाध्यक्ष सोनाम लामाले बग्गी खानाको प्रांगणमा हस्तान्तरण गर्नु भएको हो ।

एनआरएनए मकाउको अनुरोधमा नेप्लिज बडी विल्डिङ एण्ड एसोसियसन मकाउका अध्यक्ष एवं गैर आवासीय नेपाली संघ मकाउका खेलकुद समिति प्रमुख तथा एसिया प्रशान्त क्षेत्रीय स्पोर्टस एकेडेमी कार्यदलका सदस्य श्रीजन बाबा भाई, बद्रर हुड एसोसियसन मकाउका अध्यक्ष बम लिम्बु र लाली गुरास एसोसियसन हङकङका संयोजक चेतन गुरुङको संयुक्त पहल तथा सक्रियतामा समन्वय गरि मिन दा कन्सटक्सन ईन्जिनियरिगं कम्पनी लिमिटेड मकाउको म्यानेजिगं डाईरेक्टर  MR.Leong chiu tung बाट कोभिड नियन्त्रणको लागि आवश्यक स्वास्थ्य समाग्री सर्जीकल मास्क सहयोग स्वस्प पठाइएको हो ।

सो मास्क करिव २५ लाखको वरावरको रहेको एनसिसी अध्यक्ष पूर्ण गुरुङले बताउनुभयो । साथै मकाउबाट नेपाल जानेहरुलाई हेल्पिङ ह्याण्ड मकाउले स्यानिटाइजर र मास्क निशुल्क उपलब्ध गराएको थियो ।


प्रकाशित | २२ श्रावण २०७७, बिहीबार १४:१८