सुनको भाउ घट्यो

काठमाण्डौ : सुनको भाउ आज तोलामा सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलाको ९२ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ ।

हिजो सुन तोलामा दुई सय रुपैयाँ बढेर तोलाको ९२ हजार ३ सय रुपैयाँ पुगेको थियो । सुनको भाउ घटे पनि चाँदीको भाउ बढेको छ । चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ९ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


प्रकाशित | ३० असार २०७७, मंगलवार १२:३१