नवलपरासीमा बस दुर्घटना, एकको मृत्यु, १० घाइते

नवलपरासी : पश्चिम नवलपरासीको रामग्राम–१० नदवामा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । रोकी राखेको यूपी ६५ बीपी ३९११ नम्बरको भारतीय ट्रकमा पछाडिबाट लु ७ प १३१२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइल चालक पश्चिम नवलपरासी रामग्राम–१६ हकुई बस्ने २६ वर्षीय रमेश यादवको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा परी सोही स्थानका २२ वर्षीय रामकृष्ण कहाँर घाइते भएका छन्।


प्रकाशित | ९ बैशाख २०७६, सोमबार ०९:२७