प्रधानमन्त्री कृषि परियोजनाः व्यर्थैमा ६० करोड खर्च

काठमाडौँ : कृषि क्षेत्रको उत्पादन र उपादकत्व बढाउन सुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा मनपरी ढंगले खर्च गरिएको छ । प्रधानमन्त्रीकै नाम जोडिएको उक्त परियोजनामा पौने ६१ करोड रुपैयाँ व्यर्थमा खर्च गरेको भेटिएको छ । यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेख्नुभएको छ । महालेखा परीक्षक कार्यालयको ५६औँ वार्षिक प्रतिवेदनअनुसार आयोजनाले अनावश्यक संरचना तयार गरेर प्रशासनिक, फर्निचर, मेसिनरी औजार र सवारीसाधन खर्च गरेको हो ।


प्रकाशित | ५ बैशाख २०७६, बिहीबार ०८:०८