कागेश्वरी मनोहरालाई खेलकूद नगरीको रुपमा विकास गर्न लागिपरेका छौ: उपेन्द्र कार्की, मेयर

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले नगरपालिकालाई खेलकुद नगरीको रुपमा विकास गर्न लागिपरेको बताउनु भएको छ । कागेश्वरी मनोहरा नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रममा सम्बोधन गर्नुहुँदै मेयर कार्कीले सो कुरा बताउनु भएको हो ।

मेयर कार्कीले ९ वटै वडाहरुमा फरक फरक खालका खेलकुदका पूर्वाधार बनाउन लागिपरेको बताउँदै खेलकुदका पूर्वाधार निर्माणको लागि सम्भाब्यता अध्ययन समिति गठन भइसकेको जानकारी गराउनुभयो ।

‘खेलकुद नगरीको रुपमा विकास गर्न अध्ययन समिति गठन भइसकेको छ’, मेयर कार्कीले भन्नुभयो, ‘समितिले प्रतिवेदन बुझाएपछि खेलकुद परिषद, खेलकुद मन्त्रालयदेखि अन्तराष्ट्रिय दातृ निकायसँग समन्वय गरेर आवश्यक गृहकार्य अगाडि बढाउँछौ ।’

पाँच वर्षभित्र खेलकुद नगरीको पहिचान स्थापीत गराउन सफल भइछाड्ने प्रतिबद्धता समेत मेयर कार्कीले जनाउनुभयो । खेलकुद नगरीको रुपमा विकास गरेर राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा खेल्न सक्ने खेलाडी उत्पादन गर्न सहयोग पूग्ने उहाँले बताउनुभयो ।

मेयर कार्कीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा देखिएको उत्साह र सहभागिताले थप हौसल्ला मिलेको पनि बताउनुभयो । प्रतियोगिता भब्य रुपमा सफल हुनु कागेश्वरीको नगरपालिकाको गर्व बोलेको बताउँदै विद्यार्थीहरुको समग्र विकासको लागि शैक्षिक क्षेत्रको महत्वपूर्ण भोलिका हुने बताउनुभयो ।

खेलमा संस्थापक र सामुदायिक विद्यालयका विद्यार्र्थीहरुलाई सहभागि भएकोमा पहिलो, दोस्रो र तेस्रोमा सामुदायिक विद्यालय हुन सफल भएकोमा खुसी ब्यक्त गर्दै सामुदायिक विद्यालय पनि संस्थागत जस्तै अब्बल छन् भन्ने प्रमाणीत भएको बताउनुभयो । मेयर कार्कीले शिक्षालाई ब्यवहारिक, समय सुहाउँदो र विद्यार्थीको क्षमता प्रस्फूटन गर्ने खालको हुनुपर्नेमा जोड समेत दिनुभयो ।


प्रकाशित | ९ फाल्गुन २०७९, मंगलवार २०:५५