काठमाडौँ –कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि गृहमन्त्रालयले उपत्यकामा प्रवेशमा थप कडाई गरेको छ । गृह मन्त्रालयल अबदेखि साँझ ७ :०० बजेदेखि बिहान ७: ०० सम्म काठमाडौँ उपत्यका प्रवेशमा रोक लगाएको हो ।
मन्त्रालयले एक विज्ञप्ति जारी गरी काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा यात्रुहरूको स्वाब परीक्षण गर्दा ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमण पाइएकाले रोक लगाइएको जनाएको छ ।

रातको समयमा अत्यावश्यक सेवा र ढुवानीका साधनलाई भने ओहोरदोहोर गर्न रोग लगाइएको छैन । साथै उपत्यकाबाहेक अन्य जिल्लामा पनि अत्यावश्यक काममा बाहेक अन्तरजिल्ला सवारी पास जारी नगर्न र अन्तरजिल्ला आवागमन पूर्णरुपमा रोक लगाउन भनिएको छ ।
प्रकाशित | १६ श्रावण २०७७, शुक्रबार ०८:०२