‘ग्यास आयात ठप्प भएपनि नियमित बिजुली दिन सक्षम छौं, ग्यासको सट्टामा बिजुली प्रयोग गर्नुहोस्’

काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ग्यासको लाइनमा नबस्न उपभोक्तलाई आग्रह गर्नुभएको छ । उ

हाँले विद्युतीय चुल्हो र अन्य उपकरणमार्फत खाना पकाउन पनि आग्रह गर्दै अहिलेको अवस्थामा ग्यास आयात ठप्प नै भएपनि प्राधिकरणले नियमित बिजुली दिन सक्षम रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘अहिले ग्यासको लाइनमा बस्नु भन्दा इन्डक्सन चुल्हो किनेर खाना पकाएमा उत्तम हुन्छ, हामीले अहिले बिजुली नियमित बनाएका छौं, लोडसेडिङ छैन उपभोक्ता ग्यासको लाइनमा नबसेकै राम्रो हुन्छ ।’

उपभोक्ताले इन्डक्सन चुल्हो र अन्य विद्युतीय उपकरण बढाएमा प्राधिकरणलाई थप हौसला मिल्ने पनि घिसिङले बताउनुभयो ।


प्रकाशित | ४ चैत्र २०७६, मंगलवार १९:२८