शिक्षण शुल्क बुद्धि तत्काल खारेज गर्न माग

काठमाडौं : शिक्षण शुल्क बुद्धि तत्काल खारेज गर गर्न माग गरिएको छ । नेपाल अभिभावक महासंघले निजी विद्यालयका लागि तोकेको शुल्क तत्काल खारेज गर्न माग गरेको हो । केहि समय अघि काठमाडौंं महानगरले निजी शिक्षण संस्थामा शुल्क तोकेको थियो ।

नेपाल अभिभावक महासंघका संयोजक सुप्रभात भण्डारीले ३० प्रतिशत वृद्धि हुनेगरी तोकिएको सो शुल्क तत्काल खारेज गर्न काठमाडौं महानगरपालिकासँग माग गर्नुभयो । सरोकारवाला निकायसँग छलफल नै नगरी शुल्क वृद्धि गरेर आम अभिभावकहरुलाई मारमा पार्ने काम स्थानीय सरकार आफैँले गर्न थालेको बताउँदै फीर्ता नलिए आन्दोलनमा उत्रिनु बताउनुभयो । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रका विद्यालयको शुल्क ३० प्रतिशतले वृद्धि गरेकोमा सर्वत्र आलोचना हुँदै आएको छ।


प्रकाशित | ५ बैशाख २०७६, बिहीबार ०६:४३