म नेकपाको आधिकारिक प्रवक्ता हुँ : नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफू कुनै व्यक्ति वा समूहको नभइ पार्टीको आधिकारिक प्रवक्ता भएको बताउनु भएको छ ।

आजै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केपी ओली समूहको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई हटाएर पार्टीको प्रवक्ता प्रदीप कुमार ज्ञवालीलाई बनाउने निर्णय गरेको थियो । सोही बैठकबारे जानकारी दिने क्रममा ज्ञवालीले पनि आफू पार्टीको आधिकारिक प्रवक्ता रहेको दावी गर्नु भएको थियो ।

यद्यपी प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई नै पार्टी अध्यक्षबाट बखास्त गर्ने निर्णय गरेको छ ।


प्रकाशित | ७ पुष २०७७, मंगलवार १८:४९